प्याजमा मन्त्री नै ठगिए

विराटनगर, १ असोज । उपभोक्ताको गुनासोसँगै बुधबार अनुगमनका निस्किएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्।

व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो।

साधारण वेषभूषा र मास्क लगाएर अनुगमनमा निस्किएका भट्टलाई अधिकांश व्यापारीले चिनेनन्। अनुगमनका क्रममा बढी मूल्य लिएको, प्याज लुकाएको, नचिनेका उपभोक्तालाई छैन भनेर फर्काएको अभियोगमा ७ वटा पसल सिल गरिएको थियो।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा परेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सोमबारदेखि सबै प्रकारको प्याज निर्यातमा रोक लगाएको हो।

दक्षिण भारतमा ठूलो पानी परेका कारण उत्पादन घटेको र उत्पादित प्याज पनि गलेर नष्ट भएका कारण भारतले आफ्नो बजारलाई नियन्त्रणमा राख्न निर्यात रोकेको हो। पानी परेका कारण भारतको आन्ध्र प्रदेश, कर्नाटक, दक्षिण भारतलगायत स्थानका प्याजको उत्पादनमा असर पुगेको छ।

नेपालमा खपत हुने प्याजको कुल मागमध्ये झन्डै ९८ प्रतिशत भारतबाटै आयात हुन्छ। व्यापारीले अघिल्लो साता सस्तो मूल्यमा आयात गरेको प्याज अत्यधिक मूल्यमा बिक्री गर्न थालेका छन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...