Rumpum

Rumpum Advertisement

थोरै भए पनि राहत भयो यातायात व्यवसायीलाई

थोरै भए पनि राहत भयो यातायात व्यवसायीलाई

विराटनगर, १ असोज । झन्डै छ महिनासम्म बन्द रहेको यातायात आज (बिहीबार)बाट सञ्चालनमा आउँदै छन् ।

यसले लामो समयदेखि तनावमा परेका यातायात व्यवसायीलाई थोरै भए पनि राहत मिलेको छ । ऋणमा गाडी किनेका यातायात व्यवसायी कोरोना महामारीको संकटले चुर्लुम्म बनेका थिए ।
गत चैत ११ देखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात बिहीबारबाट खुल्दै छन् ।

कोरोना सङ्क्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको भौतिक पूर्वाधार तथा यायायात मन्त्रालयले जनाएको छ । बुधबार यातायात व्यवसायी, प्रहरी र यातायात व्यवस्था विभागका सरोकारवालालाई मन्त्रालयमा बोलाएर मन्त्री वसन्तकुमार नेम्बाङले सुरक्षा मापदण्ड कुनै पनि हालतमा कार्यान्वयन गर्न निर्देशन दिए ।

कुनै पनि सार्वजनिक सवारीसाधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्नुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । उनका अनुसार प्रहरीले
ठाउँठाउँमा चेक गर्नेछ । साबिक भाडामा ५० प्रतिशत बढाएर लिने मन्त्रिपरिषद्को निर्णय भएको र सो निणर्य पूर्ण कार्यान्वयन हुनेगरी तयारी भएको महानिर्देशक हमालले जानकारी दिए । साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम हुनुपर्ने छ ।

बिहीबार विश्वकर्मा पूजा भएकाले सबै गाडी नचल्न सक्ने यातायात व्यवसायी महासङ्घले जनाएको छ । हालको अवस्थालाई ध्यानमा राखेर व्यवसायीले स्थानीय तहमा कोर्डिनेसन कमिटी बनाइदिन सरकारसँग माग गरेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ