वाग्मती सरकारले रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेशनलाई तीन करोड दिने

काठमाडाैं, ३१ भदाै । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेशनलाई रु तीन करोड दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रूपमा आर्थिक वर्ष २०७७-०७८ का लागि अनुदान रकम दिने निर्णय गरेको हो ।

कोरोना महामारी अवस्थामा पनि निरन्तर निर्माण गरिरहेकाले काम गर्न सहज होस् भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिए ।

Loading...