Rumpum

Rumpum Advertisement

यस्तो समयमा स्याउ खाँदा शरीरले पौष्टिक तत्त्व पूर्ण रूपमा प्राप्त गर्छ

यस्तो समयमा स्याउ खाँदा शरीरले पौष्टिक तत्त्व पूर्ण रूपमा प्राप्त गर्छ

विराटनगर, ३१ भदौ । दिनको एउटा स्याउ खाऔँ डाक्टरका नजाऔँ भन्ने पुरानो भनाइ नै छ ।  

पोषक तत्वहरूले भरिएको स्याउ स्वास्थ्यका लागि लाभदायक फलमध्ये एक मानिन्छ । पेटसम्बन्धी समस्याबाट ग्रस्त भएमा वा तौल घटाउने प्रयास गर्दा स्याउलाई आहारमा समावेश गर्नु फाइदाजनक हुन्छ ।

तर, यो स्याउलाई आफूले चाहेको समयमा सेवन गर्न मिल्दैन । आयुर्वेदले एक विशेष समय स्याउ खानु अधिक लाभदायक साबित हुनसक्ने सुझाएको छ ।

आयुर्वेदका अनुसार स्याउ कहिले पनि खाली पेटमा सेवन गर्नु हुँदैन । स्याउलाई खाली पेटमा सेवन गर्दा कब्जियत र पेट फूलेको महशूस हुन्छ ।

स्याउलाई ब्रेकफास्टको एक घण्टापछि वा बिहानको खाना खाएको एक घण्टापछि खान सिफारिस गरिन्छ । स्याउमा प्रशस्त मात्रामा फाइबर पाइन्छ र बिहान यसको सेवन गर्दा पेटलाई स्याउ पचाउन सजिलो हुनुका साथै शरीरले पौष्टिक तत्वहरू पूर्ण रूपमा प्राप्त गर्न सक्छ ।

पेक्टिन नामक तत्व पाइने हुँदा स्याउ बिहान खानु उत्तम मानिन्छ । पेक्टिनले ल्याक्टिक एसिडको गठन रोकी पेटमा स्वस्थ ब्याक्टेरियाहरूको वृद्धि गर्न मद्दत गर्छ । जसकारण पाचन प्रणाली स्वस्थ भइ विषाक्त फोहोरहरू हट्छ र पेटसँग सम्बन्धित समस्याको जोखिम कम हुन्छ । साँझको समयमा पाचन एसिडको स्तर कम हुने हुँदा पाचन प्रक्रिया ढिलो हुन्छ ।

बेलुका ६ बजेपछि स्याउको सेवन गरेमा पेटलाई स्याउ पचाउन लामो समय लाग्छ । यसले पाचनमा समस्या र निन्द्रामा समस्या पुगाउन सक्छ । आहारमा स्याउ समावेश गर्ने धेरै तरिका छन् । यसलाई काटेर, ओट्ससँग वा स्याउको केक बनाएर वा जुसको रूपमा पिउन सकिन्छ ।

तर, एक स्याउबाट सबै पोषक तत्वहरू अवशोषित गर्न यसलाई बोक्रा ननिकाली काँचै खानुपर्छ । चिनीको मात्रा धेरै र फाइबर नहुने हुँदा प्याकेटको स्याउको जुसको सेवन गर्नु हुँदैन ।