महामन्त्री डा कोइरालाको आईसीयुमा राखेर उपचार हुँदै

काठमाडाैं, ३१ भदाै । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ ।

कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होम आइसोलेशनमा रहेका उनलाई मंगलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

उनका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ ।

उनले भने, “अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ । अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।”

उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए ।

Loading...