पर्याप्त खोप उत्पादन गर्न अझ चार वर्ष लाग्न सक्ने

विराटनगर, ३१ भदौ । कोरोना भाइरसविरुद्ध खोप पर्याप्त उत्पादन गर्न अझ चार वर्ष लाग्न सक्ने बताइएको छ ।

आउँदो महिनामा खोपको विकास भएपनि विश्वको जनसंख्यालाई पुग्नेगरी खोपको उत्पादनका साथ वितरण गर्न अझ चार वर्ष लाग्न सक्ने विशेषज्ञहरूले चेतावनी दिएका हुन् ।

विश्वको सबैभन्दा ठूलो खोप उत्पादकहरूमध्ये एक भारतको सीरम संस्थानले सन् २०२४ भन्दा अगाडि पृथ्वीमा ७ अर्ब ८० करोड मानिसहरूको लागि खोप उत्पादन गर्न नसकिने जनाएको छ ।

सीरम संस्थानका प्रमुख कार्यकारी अदार पूनावाला सन् २०२४ भन्दा पहिला खोपको अरबौं डोज उत्पादन गर्न कम्पनीहरूसँग आवश्यक पर्ने पूर्वाधारहरू नरहेको बताउँछन् । यदि, खोपलाई दुई खुराकमा दिइन्छ भने खोपको उत्पादनमा अझै चारदेखि पाचँ वा सोभन्दा लामो समय लाग्न सक्ने उनको भनाइ छ ।

विश्वभरका दर्जनौं कम्पनीहरू र वैज्ञानिक टोलीहरू अनुसन्धान र विकासको माध्यमबाट महामारीको अन्त्य गर्न सक्ने खोप बनाउन प्रयास गरिरहेका छन् । 

Loading...