‘एकका लागि एक अभियान’ले स्थापना गरेको पीसीआर प्रयोगशाला उद्घाटन

झापा, ३१ भदौ । झापामा ‘एकका लागि एक अभियान’ ले आर्थिक सहयाेग संकलन गरेर स्थापना गरेएको पीसीआर परीक्षण प्रयोगशाला १ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका छन् ।

झापाको कनकाई नगरपालिका–४ कोटीहोममा समुदायले तयार पारेको पिसीआर परीक्षण प्रयोगशाला बुधबार प्रदेश प्रमुख अधिकारीले उद्घाटन गरेका हुन ।

सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको अगुवाइमा झापामा ‘एकका लागि एक अभियान’ सञ्चालन गर्दै ल्याब स्थापनाका लागि एक करोड २० लाख संकलन भएको थियो । सोही रकमले ल्याब स्थापना गरिएको हो ।

मेची प्रादेशिक अस्पतालको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी ल्याबमा कोभिड–१९ को परीक्षण हुँदै आएको छ । ल्याबमा एक दिनमा ३०० नमूना परीक्षण गर्न सकिने ल्याबका माइक्रोबायोलोजिस्ट शान्तिराम पोखरेलले बताए ।

Loading...