सुनसरीबाट ठूलो परिमाणमा पटका बरामद

सुनसरी, ३१ भदौ । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिका–१ लौकहीबाट पटका बरामद भएको छ ।

बुधबार सशस्त्र सीमा सुरक्षा बल (बिओपी) लौकहीले ठूलो परिमाणमा विस्पोटक पदार्थ पटका बरामद गरेको हो ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गस्तीको समयमा आलुबम २० प्याकेट, पटका ३ सय ५० प्याकेट, झिरझिरेसहित पटका बरामद गरेको हो ।

सशस्त्र प्रहरीको विशेष चेकिङ टोलीले सीमा खण्डबाट पटाका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले जानकारी दिए ।

Loading...