Rumpum

Rumpum Advertisement

‘लक्ष्मी बम’ को टिजर सार्वजनिक, तिहारमा रिलिज हुने पक्का

‘लक्ष्मी बम’ को टिजर सार्वजनिक, तिहारमा रिलिज हुने पक्का

विराटनगर, ३१ भदौ । बलिउडका अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक गरेका छन् ।

फिल्म ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक गर्दै अक्षयले फिल्म ९ नोभेम्बरमा रिलिज गर्ने जानकारी दिएका छन् ।

यो वर्षको दीपावलीमा सबैको घरमा “लक्ष्मी” का साथ एक धमाकेदार “बम” पनि आउने बताउँदै अक्षयले सो फिल्म डिजिटल माध्यमबाट रिलिज हुन लागेको जनाएका छन् ।

टिजरमा अक्षयको २ फरक अवतार देखाइएको छ ।

फिल्ममा ट्रान्सजेण्डरको भूमिकामा रहेको अक्षयको साथमा अभिनेत्री कियरा आडवाणी, तुषार कपूर, शरद केलकर, अश्विनी कलसेकर लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

‘लक्ष्मी बम’ हरर कमेडी तमिल ब्लकबस्टर फिल्म ‘मुनी २: कञ्चना’को रिमेक हो । हिन्दी भर्जनको फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।

‘लक्ष्मी बम’ हटस्टार डिस्नी प्लसबाट रिलिज हुने भएको छ ।