Rumpum

Rumpum Advertisement

‘मृत्युपछि कोरोना परीक्षण गर्नुपर्दैन’

‘मृत्युपछि कोरोना परीक्षण गर्नुपर्दैन’

विराटनगर, ३१ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपछि कोरोना भाइरस परीक्षण गर्नु नपर्ने जनाएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएका हुन् ।

गौतमका अनुसार स्वास्थ्य मन्त्रालयकाे ‘इन्सिडेन्ट कमान्ड’ सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने निर्णय गरेको छ ।

उनले भने, ‘शंकास्पद मृत्युको कोरोना परीक्षण गर्ने सन्दर्भमा शव व्यवस्थापन गर्दा सावधानी अपनाएर दाहसंस्कार गर्ने र निजको सम्पर्कमा आएकाहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने तर शवबाट नमूना निकाली परीक्षण गर्ने काम नगराउने ।’

‘मान्छेकाे मृत्यु भएपछि कोरोना परीक्षण गर्ने सूचना प्राप्त भएकाे छ । तर, त्यसो गर्नुपर्दैन,’ उनले भने ।