Rumpum

Rumpum Advertisement

कोरोना भाइरस वुहानको ल्याबमा बनेको चिनियाँ भाइरोलोजिष्टको दावी

कोरोना भाइरस वुहानको ल्याबमा बनेको चिनियाँ भाइरोलोजिष्टको दावी

विराटनगर, ३१ भदौ । सेनाको प्रयोगशालामा कोरोना भाइरस बनाइएको चिनियाँ भाइरोलोजिष्टले दावी गरेकी छिन् ।

हङकङ स्कूल अफ पब्लिक हेल्थकी पूर्व अनुसन्धानकर्ता लि मेङ यानले कोभिड जन्माउने कोरोना भाइरस प्रकृतिबाट नभएर चमेरामा पाइने दुईथरीका कोरोना भाइरसका जेनेटिक सामग्री मिसाएर बनाइएको दावी गरेकी हुन् । वुहानमा नयाँ प्रकारको निमोनिया देखिएपछि उनलाई त्यहाँ अध्ययनको लागि खटाइएको थियो ।

अध्ययनका क्रममा प्रयोगशालामा भाइरस बनाएको र यसबारे जानकारी लुकाएको प्रमाण फेला पारेको दावी गरेकी हुन् । कोरोनामा पाइने स्पाइक प्रोटिनलाई सम्पादन गरेर मानिसको कोशिकामा टाँसिन सहज बनाइएको उनको दावी छ । भाइरोलोजिष्ट लिले यो कुरा आफ्नो सुपरभाइजरलाई पनि बताएकी थिइन्, जो विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) परामर्शदातासमेत रहेका छन् ।

तर, उनको ज्यान खतरामा पर्ने जानकारी पाएपछि उनी अमेरिका भाग्नु परेको थियो । भाइरोलोजिष्ट लिले कोरोना भाइरस चीनको प्रयोगशालामा तयार गरिएको प्रमाण आफूसँग भएको र केही समयमै आफूले उक्त प्रमाण सार्वजनिक गर्ने बताउँदै कोरोना भाइरस खतरनाक र एकदम संक्रामक भाइरस रहेको जानकारी दिएकी छिन् ।