प्रदेशमा पाँच हजार नाघे कोरोना संक्रमित, ५२ जनाको मृत्यु

विराटनगर, ३१ भदौ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको छ । बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या पाँच हजार नाघेको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहा–नरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनवर्षीमा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बाह्रदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको हो ।

कोरोना संक्रमणका कारण प्रदेश १ मा ५२ जनाको मृत्यु भएको छ । जसमा १३ जना प्रदेश २ का छन् ।

मन्त्रालयका अनुसार मोरङमा २९ सुनसरीमा ८, झापामा २ र प्रदेश १ बाहिरका १३ जनाको मृत्यु भएको हो ।

प्रदेश १ मा संक्रमणमुक्त हुनेको संख्या दुई हजार १९४ पुगेको छ । बुधबार मात्रै ५२ जना संक्रमणमुक्त भएका थिए ।

बुधबार होटल एशियाटिक आइसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आइसोलेसन केन्द्र, विराटनगरबाट ९, बैजनाथपुर आइसोलेसन, विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल, गोगठाउँबाट ४, जिल्ला अस्पताल धनकुटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५–५ र काली सदन आइसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा हालसम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Loading...