बिल गेट्सका पिताको निधन

विराटनगर, ३१ भदौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको निधन भएको छ ।

R

उनको ९४ वर्षको उमेरमा हुड क्यानलस्थित निवासमा सोमबार निधन भएको बताइएको छ । विल गेट्सले उनको ट्विटरमार्फत् उनको निधन भएको जानकारी गराएका हुन् । पारिवारिक बयानले मृत्युको कारण बताएको छैन, तर विलियम गेट्स द्वितीयको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको बताइएको छ ।

उनको निधनपछि विल गेट्सले आफ्ना पिताका लागि एउटा ब्लग लेखेका छन् । विल गेट्सले आफ्ना पिताका आफ्नो जीवनका वास्तविक हिरो भएको र उनलाई दिनहुँ सम्झने बताएका छन् । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको र बिल एन्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् ।

विलियम हेनरी गेट्स द्वितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो ।

Loading...