उपत्यकामा ७३७ जनालाई कोरोना संक्रमण, काठमाडौंमा मात्रै ६५२

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकामा बुधबार थप ७३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७३७ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ६५२ जना, ललितपुरका ६० जना र भक्तपुरका २५ जना रहेका छन् ।

Loading...