Rumpum

Rumpum Advertisement

थप आठ जनाको कोरोना संक्रमणबाट मृत्यु

थप आठ जनाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, ३१ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप आठ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टायता थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।