बुधबार थप १५ सय ३९ जना कोरोना संक्रमित

विराटनगर, ३१ भदौ । नेपालमा पछिल्लो २४ घण्टायता थप १५ सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४९४ जनाको परीक्षणमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

बुधबार थप ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३७९ पुगेकाे छ ।

Loading...