आज थप एक हजार ६८ जना कोरोनामुक्त हुँदै घर फर्किए

विराटनगर, ३१ भदौ । नेपालमा बुधबार थप एक हजार ६८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एक हजार ६८ जना कोरोना संक्रमणबाट निको हुँदै घर फर्किएको जानकारी दिएको छ ।

यससँगै कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

पछिल्लो २४ घण्टायता थप १५ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ ।

बुधबार थप ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३७९ पुगेकाे छ ।

Loading...