बार्सिलोना र जिरोना प्रतिस्पर्धामा

बार्सिलोना, ३१ भदौ । स्पेनिस क्लब बार्सिलोनाले बुधबार (आज) दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण क्लब फुटबलमा आज बार्सिलोनाले जिरोनासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जोहान क्रुफ स्टेडियममा हुने यो खेल नेपाली समयानुसार राति १०ः४५ बजे हुनेछ । जहाँ, बार्सिलोना लगातार दोस्रो मैत्रीपूर्ण जितको खोजीमा छ ।

यसअघि जिम्नास्टिकसँगको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले ३–१ गोलको जित निकालेको थियो ।

बार्सिलोनाले ला लिगाको तयारीका लागि यो खेल खेल्न लागेको हो । बार्सिलोनाले सेप्टेम्बर २७ मा भिल्लारियलसँग खेल्दै नयाँ सिजनको ला लिगा थाल्दैछ ।

अघिल्लो सिजन दोस्रो स्थानमा रहँदै ला लिगाको अन्त्य गरेको बार्सिलोनाले ला लिगा थाल्नुअघि इल्चेसँग जोन ग्याम्पर ट्रफीको उपाधिका लागि खेल्नेछ । यो खेल भने शनिबार राति ११ः४५ बजे हुनेछ ।

Loading...