Rumpum Advertisement

वैज्ञानिकले पत्ता लगाए कोरोना भाइरसको असर कम गर्ने सानो एन्टिबडी

वैज्ञानिकले पत्ता लगाए कोरोना भाइरसको असर कम गर्ने सानो एन्टिबडी

विराटनगर, ३१ भदौ । कोरोना भाइरसको असर कम गर्न सक्ने हालसम्मकै सानो एन्टिबडीको पत्ता लागेको छ ।

सेल नामक जर्नलमा प्रकाशित अनुसन्धानमा अमेरिकाका वैज्ञानिकको एक समूहले अहिलेसम्मकै सबैभन्दा सानो एन्टिबडी पत्ता लगाएको दाबी गरेका छन् । एबी ८ नामक एन्टिबडी औषधि बनाउनका लागि प्रयोग गरिने जनाइएको छ । उनीहरूका अनुसार यो एन्टिबडी अरु एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार परीक्षणमा एबी ८ को औषधि प्रयोगले मुसा र ह्याम्सटरमा सार्स कोभ २ संक्रमण रोकथाम गर्न र उपचार गर्न अत्यधिक प्रभावकारी रहेको देखाएको छ । औषधिले मानव कोशिकालाई बाँध्न नसक्ने हुँदा यसले मानिसमा कुनै नकारात्मक साइडइफेक्ट हुने छैन जुन एक राम्रो संकेत हो ।

यो औषधिले शरीरको प्रतिरोधात्मक क्षमताको विकास गर्नेसमेत उल्लेख गरिएको छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउनभन्दा पनि संक्रमण नभएको र रोग प्रतिरोधक नभएको व्यक्तिको सुरक्षाका लागि एक प्रभावकारी उपचार हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।