Rumpum

Rumpum Advertisement

यस्ता छन् अश्वगन्धाका औषधीय गुणहरू

यस्ता छन् अश्वगन्धाका औषधीय गुणहरू

विराटनगर, ३१ भदौ । बेसार, अदुवा, गुर्जो, मरिच, अश्वगन्धा तथा अन्य जडिबुटीको सेवनले कोरोना भाइरसको संक्रमणबाट बचाउन सकिने जताततै चर्चा चलेको छ ।

बेसार, अदुवा, गुर्जो, मरिच मानिसले दैनिकरूपमा प्रयोग गरिरहेका छन् । बहुस्वास्थ्य लाभहरू भएको अश्वगन्धा पनि एक पुराना औषधी जडीबुटी हो । जराबाट घोडाको गन्ध आउने भएकाले नै यसलाई अश्वगन्धा भनिएको हो । आयुर्वेदमा यसलाई नशायुक्त औषधिको रूपमा वर्गीकरण गरिएको छ ।

अश्वगन्धाले रगतमा चिनीको मात्रा कम गर्ने, कोलेस्ट्रोलको मात्रा कम गर्न, तनाव र चिन्ता कम गर्न, डिप्रेसनको लक्षणहरू घटाउन, मांसपेशीको वृद्धि गर्न, शरीरको बोसो घटाउन, शक्ति बढाउन, यौन र बीर्य दुर्वलता, शुक्रकिटको कमी तथा नपुंसकता हटाउन, मष्तिष्कको क्षमता बढाउन र सुन्निएको ठाउँमा राहत पु¥याउनका लागि पेनकिलरको जस्तो काम गर्छ ।

साथै, अनिद्रा, अपच, भोक नलाग्ने, पेट दुखेको, क्षयरोग, बच्चा दुब्लाउँदै जाने, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप, रक्त विकार, बाथ र नशारोग, शारीरिक कमजोरी, गर्भाशय र योनी सुन्निएको, योनीबाट सेतो पानी बग्ने, स्त्रीले गर्भधारण गर्न नसक्ने आदि रोगहरूको उपचारमा पनि अश्वगन्धाको प्रयोग गर्न सकिन्छ ।

अश्वगन्धा अधिकांश व्यक्तिको लागि सुरक्षित मानिन्छ । तर, गर्भवती र स्तनपान गर्ने महिलाहरूसहित केही निश्चित व्यक्तिहरूले यसको सेवन गर्नु हुँदैन । थाइरोइड रोगको लागि औषधिमा नलिई अश्वगन्धा लिँदा सावधान हुनुपर्छ, किनकि यसले केही व्यक्तिहरूमा थाइरोइड हार्मोनको स्तर बढाउन सक्छ ।

यसले रगतमा चिनी र रक्तचापको स्तर पनि घटाउन सक्ने हुँदा डाक्टरको सल्लाह लिएर केही मात्रामा औषधिलाई घटाउन आवश्यक पर्न सक्छ ।