कपाललाई गम्भीररूपमा क्षति पुर्‍याउने केही सामान्य कुराहरू

विराटनगर, ३१ भदौ । कपाल झर्ने समस्यालाई रोक्नका लागि मानिसहरूले बजारमा पाइने विभिन्न केमिकलले बनेको श्याम्पू, तेल तथा कन्डिसनरको प्रयोग गरिरहेका हुन्छन् ।

साथै, अरुको कुरा सुनेर, युट्युब हेरेर घरेलु उपायका धेरै प्रयासहरू पनि गर्दै आएका छन् । महिलाहरू मात्र नभएर पुरुषहरूलाई समेत विभिन्न कारणहरूले कपाल झर्ने समस्याले सताइरहेको हुन्छ । तर, कपाल झर्ने समस्याबाट दिक्क हुनअघि आफूले दैनिक कपाललाई गम्भीररूपमा क्षति पुर्‍याउने केही सामान्य गल्तीहरू भइरहेको कुरालाई बुझ्न आवश्यक हुन्छ ।

अत्यधिक तनाव र केही औषधिहरूको निश्चित सेवनले कपालको वृद्धिलाई रोक्न र कपाल झर्ने भइरहेको हुन सक्छ । त्यसैले आफूले खाइरहेको औषधिहरू बारेमा डाक्टरसँग सल्लाह गर्नुपर्छ । कपालमा लगाउने स्प्रे, जेल र स्टाइल क्रिमलगायत अन्य रसायनयुक्त प्रडक्ट्सको उपयोगले टाउकोको छालालाई सुख्खा बनाउन र कपाल कमजोर हुने कारण बनाउन सक्छ ।

साथै, कपाल कलर गर्ने, स्ट्रेट गर्ने, कर्ली गर्दा कपालको स्वास्थ्यमा हानी पुर्‍याउने गर्छ । आफूले प्रयोग गरिरहेको श्याम्पू र कन्डिसनरलाई निरन्तर परिवर्तन गर्नु हुँदैन । विना उचित संरक्षणले सूर्यको हानीकारक किरण, प्रदूषण, वर्षा, र धुलोमा हिँड्दा कपाल सुख्खा हुने, हाँगा फाटिने, टुक्रिनेलगायतका जोखिमहरू बढाउँछ ।

कपाल झर्ने समस्याबाट छुटकारा तथा कपाललाई गम्भीररूपमा क्षति हुनबाट जोगाउनका लागि यी कुराहरूलाई ध्यानमा राखेर दैनिक कपाललाई स्वास्थ्य राख्ने खानेकुराको सेवन गर्न आवश्यक हुन्छ ।

Loading...