कुलमानको समर्थन गर्दै विराटचौकमा प्रर्दशन

सुन्दरहरैंचा, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा बुधबार सुन्दरहरैंचाको विराटचौकमा शान्तिपूर्ण प्रदर्शन भएको छ ।

साझा विवेकशील पार्टीको युवा संगठन साझा युवाले विराटचौकमा कुलमानको समर्थनमा प्रर्दशन गरेको हो ।

करिब ४० जनाभन्दा बढी युवाहरू सहभागी रहेको प्रदर्शनमा सहभागीहरूले योग्यता र क्षमता हुँदाहुँदैपनि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सरकारको विरोध गरेका थिए ।

सहभागीहरूले कुलमानजतिको योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै सरकारविरुद्ध लेखिएका पम्लेटहरू बोकेर विरोध गरेका थिए ।

नेपाललाई लोडसेडिङमुक्त गराएका घिसिङ २८ भदौबाट पदमुक्त भएका हुन् । मंगलबार विद्युत प्राधिकरणले उनको विदाइ गरेको थियो ।

Loading...