अरिङ्गाल पोल्न जाँदा मृत्यु

धादिङ, ३१ भदौ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा ३५ वर्षीय अर्जुनबहादुर थापामगरको मृत्युभएको छ भने २४ वर्षीय राजवीर गुरुङ घाइते भएका छन् ।

रुखबाट लड्दा टाउकामा चोट लागी गम्भीर घाइते भएका मगर र गुरुङलाई उपचारका लागि धादिङ अस्पताल ल्याउँदै गर्दा मगरको बाटोमै मृत्यु भएको र गुरुङलाई धादिङ अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

Loading...