गण्डकीमा थप पाँचजनामा कोरोना संक्रमण

पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप पाँचजनामा कोरोना पुष्टि भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ घर भई हाल पोखरा महानगरपालिका–४ गैह्रापाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई संक्रमण पुष्टि भएको हो । त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत संक्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक–एकजना थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार १७१ पुगेको निर्देशनालयले जनाएको छ ।

Loading...