चट्याङ लागेर एक बालिकाको मृत्यु

इनरुवा, ३१ भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुषमा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

खेतमा माछा मार्न गएको बेला पानीसँगै एक्कासी परेको चट्याङले सुषमा गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...