शुक्र ग्रहमा जीवनको संकेत

विराटनगर, ३१ भदौ । शुक्र ग्रहमा जीवन भएको संकेत देखिएको छ ।

शुक्र ग्रहको वायुमण्डलमा फस्फिन नामक ग्यास भेटिएको कारण त्यहाँ जीवन भएको संकेत दिइरहेको खगोल शास्त्रीहरू बताउँछन् । फस्फोरसको कण र तीन हाइड्रोजनको कण मिलेर बनेको फस्फिन ग्यासलाई माइक्रो ब्याक्टेरियाहरूले अक्सिजनको अनुपस्थितिमा उत्सर्जित गराउँछ ।

यसकारण शुक्र ग्रहको बादलमा केही सूक्ष्म जीव तैरिरहेको हुनसक्ने सम्भावना बताइएको छ । पेन्गुइनको पेटमा पाइने सूक्ष्म जीवसँग जोडिएको फस्फिनलाई कारखानामा पनि बनाउन सकिन्छ । तर शुक्र ग्रहमा कारखाना र पेन्गुइन नभएको हुँदा शुक्र ग्रहको ५० किलोमिटर माथि यो ग्यास कसरी आयो भन्ने बेलायतको कार्डिफ युनिर्भिटीका प्राध्यापक जेन ग्रिव्स र उनका सहकर्मीहरू सोचमा परेका छन् ।

नेचर एस्ट्रोनोमी नामको जर्नलमा प्रकाशित गरेको एक पेपरमा उनीहरूले शुक्र ग्रहमा भेटिएको फस्फिनको बारेमा लेखेका छन् । शुक्र ग्रहसँग कार्बन डाइअक्साइडले समृद्ध भएको वातावरणको बाक्लो तह छ । यहाँको वातावरणमा ९६ प्रतिशत कार्बनडाइअक्साइड छ । यस ग्रहको वातावरणीय दबाब पृथ्वीको भन्दा ९० गुणा बढी छ ।

सतहको तापक्रम ४०० डिग्री सेल्सियसभन्दा बढी छ । शुक्र ग्रहमा केही कुरा राखेको केही सेकेन्डहरू उम्लन सुरू हुन्छ । यदि शुक्रमा जीवन भएमा त्यहाँबाट ५० किलोमिटर माथि मात्र भेट्ने आशा गरिएको छ । तर, वैज्ञानिकको समूहले शुक्र ग्रहमा जीवन भेटिएको दाबी गरेका छैनन् । उनीहरूले यो सम्भावनाबारे थप पत्ता लगाउनुपर्ने बताएका छन् ।

Loading...