Rumpum Advertisement

ब्राउन सुगरसहित झापाबाट दुई जना पक्राउ

ब्राउन सुगरसहित झापाबाट दुई जना पक्राउ

विराटनगर, ३१ भदौ । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित दुई जनालाई प्रहरीले झापाको मेचीनगर नगरपालिका –१३ बाट पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका–१५ का २९ वर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका–५ का २७ वर्षीय पवनकुमार वसाकलाई पक्राउ गरेको हो ।

मंगलबार साँझ मे १ प ९९७२ नम्बरको मोटरसाइकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका दुवै जनालाई चन्द्रगढी रोडबाट नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।