सीआईबीमा कार्यरत २६ प्रहरी संक्रमित

विराटनगर, ३१ भदौ । ठूला घटनाको अनुसन्धान गर्ने नेपाल प्रहरीको महत्वपूर्ण इकाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत रहेका २६ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) पनि छन् । भदौ २४ गते ब्युरोमा कार्यरत रहेका आठ जना प्रहरीलाई संक्रमण भएसँगै उनीहरुको सम्पर्कमा रहेका अरु प्रहरीको पनि पीसीआर परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गरिएकामध्ये डीएसपीसहित २६ प्रहरीको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेसनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् । एकैपटक ठूलो संख्याका प्रहरीमा संक्रमण पुष्टि भएसँगै सीआईबीमा आलोपालो प्रणाली लागू गरिएको प्रहरी स्रोतले बतायो ।

Loading...