कस्तो रहला आजको मौसम ?

विराटनगर, ३१ भदौ । बुधबार (आज) बिहानैदेखि मुलुकका विभिन्न भागमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको हो । समविदका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ।

दिउँसो पनि देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ अवस्थित छ। भारी वर्षा हुने सम्भावना रहेका स्थानमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जनाएको छ ।

Loading...