Rumpum

Rumpum Advertisement

झन्डै छ महिनापछि चढ्न पाइने भयो गाडी र जहाज

झन्डै छ महिनापछि चढ्न पाइने भयो गाडी र जहाज

विराटनगर, ३१ भदौ । सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात असोज १ गतेदेखि खोल्ने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि आन्तरिक हवाई उडानका साथै सार्वजनिक यातायातमा रोक लगाउँदै आएको थियो । खुल्ला गर्ने सरकारको निर्णयसँगै झन्डै छ महिनापछि गाडी र जहाज चढ्न पाइने भएको छ ।

सार्वजनिक तथा आन्तरिक हवाई यातायात, स्थल यातायात, होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी खुल्ने भएका छन् । यसले स्वास्थ्य जोखिम अझ बढ्न सक्नेतर्फ सचेत रहँदै भौतिक दूरी कायम र स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न गराउन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सबैमा आग्रह गरेका छन् । उनले कोभिड–१९ सङ्क्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्नसमेत आग्रह गरे ।

प्रवक्ता ज्ञवालीका अनुसार हवाई तथा सार्वजनिक यातायात सञ्चालन गर्दा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरी कायम राख्नुपर्ने छ । यसरी लामो, मध्यम तथा छोटो दूरीका यातायात सञ्चालन गर्दा साविक भाडादरमा ५० प्रतिशतसम्म थप शुल्क व्यवसायीले लिन सक्नेछन् ।

साविकको हवाई भाडादरमा थप भाडाका विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्धारण गर्ने जनाइएको छ । यसैगरी हिमाल आरोहण तथा पदयात्रा कात्तिक १ गतेदेखि खुला गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ