स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइने

एजेन्सी, ३० भदौ । युनाइटेड अरब इमिरेट्‌स (यूएई)मा फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

यूएइका स्वास्थ्य मन्त्रीका अनुसार तेस्रो चरणको मानवीय परीक्षणमा रहेको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका गर्न अनुमति दिइएको हो ।

अध्ययनमा खोप सुरक्षित रहेको र एन्टिबडीहरू उत्पादनमा सकारात्मक प्रतिक्रिया देखाएको स्वास्थ्य र रोकथाम मन्त्री अब्दुल रहमान अल ओवैसले बताएका हुन् ।

अल ओवैसले यो खोप भाइरसको सर्वाधिक प्रभावमा रहेको फ्रन्टलाइन श्रमिकहरूका लागि वैकल्पिक हुने बताए ।

चीनको सरकारी स्वामित्वमा रहेको सिनोफर्म फार्मास्यूटिकल कम्पनीले बनाएको खोपको यूएईमा चलिरहेको तेस्रो चरण ट्रायलको बारेमा छलफल गरिरहेको बेला आपतकालीन प्रयोग खोपको घोषणा भएको हो ।

चीनले उक्त खोप आफ्नो मुलुकमा फ्रन्टलाइनमा रहेका र उच्च जोखिम भएकाहरूलाई जुलाईदेखि नै लगाउन सुरु गरेको राष्ट्रिय स्वास्थ्य आयोगका एक वरिष्ठ अधिकारीले अगस्टमा खुलासा गरेका थिए ।

Loading...