दाँतमा समस्या भएकाहरूलाई अल्जाइमर हुने जोखिम

विराटनगर, ३० भदौ । अमेरिकी अनुसन्धानकर्ताहरूले दाँतमा समस्या भएका मानिसहरूलाई जीवनमा अल्जाइमर हुने जोखिम बढाउनसक्ने दाबी गरेका छन् ।

कोरेटाक्साइम कम्पनीको नेतृत्वमा भएकाे अनुसन्धानका क्रममा वैज्ञानिकहरूले गिजामा रगत आउने कारण ब्याक्टेरिया दिमागमा जान सक्ने जनाएका छन् ।

जर्नल साइंस एडभान्समा प्रकाशीत अध्ययनका अन्वेषकहरूले अल्जाइमर रोगका साथ मृत व्यक्तिको मस्तिष्कको जाँच गरेका थिए । गिजामा समस्या निम्त्याउने ब्याक्टेरियाका पोर्फिरोमोनस जिंगवालिसहरू अल्जाइमर रोग भएका ५३ मध्ये ५१ जनाको दिमागमा पाइएको थियो ।

मुसामा गरिएको प्रयोगहरूले पनि गिजामा समस्या निम्त्याउने ब्याक्टेरिया पोर्फिरोमोनस जिंगवालिस र अल्जाइमर रोगबीच सम्बन्ध रहेको देखाएको छ ।

संक्रमणले पनि अल्जाइमर रोगमा भूमिका खेल्ने हुँदा दाँत सफा नगर्दा अल्जाइमर रोग लाग्ने र दाँत सफा गर्दा अल्जाइमरबाट जोगिन सकिने भन्ने कुरा पनि सही नहुने अनुसन्धानकर्ताहरू बताउँछन् ।

यसबारे थप अध्ययन हुनु पर्नेमा अध्ययनले जोड दिएको छ । साथै, अध्ययनले दाँत राम्रोसँग सफा गर्दा मुखको क्यान्सर, पेटको क्यानसर तथा डिमेन्शियाको जोखिम कम गर्न सक्ने पनि सुझाव दिएको छ ।

Loading...