Rumpum

Rumpum Advertisement

देशमा स्वास्थ्य र आर्थिक संकटको चुनौती छ : परराष्ट्रमन्त्री ज्ञवाली

देशमा स्वास्थ्य र आर्थिक संकटको चुनौती छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं, ३० भदाै । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक संकटको सामना गरिरहेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सकारका प्रवक्ता ज्ञवालीले यस्ताे बताएका हुन् ।

ज्ञवालीले स्वास्थ्य र आर्थिक संकटको समुचित समाधान हुन नसके ठूलो जोखिम पैदा हुने बताउँदै भने, “दैनिक हजारको सङ्ख्यामा सङ्क्रमित देखिनु, दैनिक सङ्क्रमितको निधन हुनु जस्ताले हामी अझै पनि पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन । अझ खुकुलो हुने कुराले स्वास्थ्यमा अझ बढी जोखिम रहन्छ । यस्तो बेलामा प्रत्येक नागरिकले आफूलाई कोभिड –१९ विरुद्धको अग्रपङ्क्तिमा रहेको सिपाही भन्ने ठान्नुहोला ।”

केही सञ्चारमाध्यममा कोभिड –१९ को सङ्क्रमण केही होइन भने कुरा आउने गरेकामा असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता कुराले जनतामा भ्रम पैदा गर्नेसमेत बताए ।

उनले सञ्चालनमा रहेका क्षेत्रका सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न पनि आग्रह गरे ।