Rumpum

Rumpum Advertisement

ओलम्पियन नयना र विकासलाई कोरोना संक्रमण, छोरा पनि संक्रमित

ओलम्पियन नयना र विकासलाई कोरोना संक्रमण, छोरा पनि संक्रमित

काठमाडाैं, ३० भदाै । ओलम्पियन एवं पूर्व पौडी खेलाडी नयना शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

शाक्यसँगै उनका श्रीमान तथा पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना संक्रमित भएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट संक्रमित भएको जानकारी दिएकी छन् ।

पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन् । घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरूले पीसीआर परीक्षण गराएको शाक्यले बताइन् ।

पहिलो पटक कोरोना नदेखिएपनि पछि आफू, श्रीमान र छोरामा लक्षण देखा परेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन् ।

तीनै जना होम आइसोलेशनमा बसिरहेका छन् ।

शाक्यले आठौं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन् ।