Rumpum

Rumpum Advertisement

सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

सहारा खेलकूद पत्रकारिता पुरस्कारबाट पौडेल पुरस्कृत

पोखरा, ३० भदाै । सहारा क्लब पोखराले स्थापना गरेको ‘सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७६’बाट पत्रकार इन्द्रप्रसाद पौडेल पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका सचिव तथा कान्तिपुर टेलिभिजनमा आवद्ध पौडेललाई पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा योगदान गरेकामा क्लबको २२औं वार्षिकोत्सवका अवसरमा मंगलबार सो पुररस्कार प्रदान गरिएको हो ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नगद रु २० हजार ५०० सहित, ताम्रपत्र तथा दोसल्ला ओढाइ उनलाई सम्मान गरेका थिए ।

यसअघि सो पुरस्कारबाट पोखराका १४ जना पत्रकार पुरस्कृत भइसकेका छन् ।