झापाको काबेली सिमेन्ट उद्योगमा आगलागी, २ करोडको क्षति

झापा, ३० भदौ । झापाको काबेली सिमेन्ट उद्योगमा आगलागी हुँदा २ करोडको क्षति भएको छ । मंगलबार झापाको हल्दिवारी गाउँपालिका–३ मा भरखरै स्थापना भएको काबेली सिमेन्ट उद्योगमा आगलागी भएको हो ।

उद्योगको पावर हाउसमा राति २ बजेतिर आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको नोक्सानी भएको उद्योगका प्रवन्ध निर्देशक सुमन मैनालीले जानकारी दिए ।

मंगलबार बिहान २ बजेतिर परेको चट्याङका कारण पारहाउसमा आगो लागेको अनुमान गरिएको छ । आगो लागेको थाहा पाउनासाथ भद्रपुर र बिर्तामोडबाट गएका दुईवटा दमकलले स्थानीय र प्रहरीको सहयोेगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।

झापाका युवा व्यवसायीहरुको करिब ६० करोडको लगानीमा स्थापना भएको उद्योग गत साता मात्र उद्घाटन भएको थियो । उद्योग पुनः सञ्चालनमा ल्याउन दुई साताजति लाग्ने मैनालीले बताए ।

Loading...