‘२५ भदौ’ एसिड आक्रमण विरुद्धको जागरण दिवस

विराटनगर, ३० भदौ । सरकारले एसिड आक्रमणमा परी घाइतेको जीवनभरीको उपचारको जिम्मा लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणमा परी घाइतेहरुको उपचारको सम्मपूर्ण जिम्मा सरकारले लिने निर्णय गरेको हो ।

सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकास, शिक्षा र रोजगारीका लागि पनि सरकारले व्यवस्था गर्ने भएको छ ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सीप विकासको अवसर मिलाउँदै योग्यता अनुसारको रोजगारी पनि उपलब्ध गराउने निर्णय भएको बताए । यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ ।

एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत संचालन गरिने सरकारले निर्णय गरेको छ ।

सरकारले २५ भदौलाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

यस्तै १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्ने र सरकारका निर्णयहरुको कार्यन्वयनका लागि मुख्यसचिवको संयोजकत्वमा प्रत्येक मन्त्रालयका सचिव सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।

Loading...