कोमाबाट उठे पुटिनका आलोचक

विराटनगर, ३० भदौ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको कट्टर आलोचक एलेक्सी नाभाल्नीको अवस्थामा सुधार भएको छ । भदौ पहिलो साता विष खुवाइएका नाभाल्नीको अवस्थामा सुधार आएको हो ।

नाभाल्नीको जर्मनीको बर्लिन उपचार भइरहेको छ । भदौ पहिलो सातायता कोमामा रहेका उनले आफ्नो अवस्थामा सुधार भइरहेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । इन्स्टाग्राममा तस्बीर राखेर अवस्थामा सुधार भइरहेको बताएका हुन ।

उनी उठेर हिँडडुल गर्न सक्ने भएका छन् ।

सर्बियाबाट मोस्कोसम्मको यात्राको दौरान अचानक बिरामी परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

पुटिनका आलोचक एलेक्सीमाथि यसअघि भौतिक आक्रमण भएको थियो ।

Loading...