विराटनगरमा एमसीसीको विरोध गर्ने नयाँ पार्टी, पक्राउ परेका कार्यकर्ता छुटे

विराटनगर, ३० भदौ । विराटनगरमा एमसीसीको विरोध गर्ने तीन जनालाई प्रहरीले पक्राउलगत्तै छाडेको छ ।

मंगलबार विराटनगरको शहीद रंगशालाबाट अगाडि एमसीसीको विरोध गर्ने तीन जनालाई पक्राउ गरेको केही समयपछि छाडेको हो ।

१०–१२ जनाको समूहले सचेत नेपाल पार्टीका नाममा एमसीसी कार्यान्यन नगर्न माग गर्दै प्रदर्शन गरेका थिए । तर सो पार्टी दर्तामा छैन ।

पक्राउ परेकालाई केही समयपछि सम्झाएर छाडिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

‘कोरोना महामारीका कारण सरकारले भेला हुन प्रतिबन्ध लगाएको छ,’ उनले भने ‘ जानकारीविना प्रदर्शन गरेपछि तीन जनालाई पक्राउ गरी सम्झाए छाडेका छौं ।’

Loading...