पियानिकलाई बार्सिलोनामा ८ नम्बरको जर्सी

एजेन्सी, ३० भदौ । बार्सिलोनाका नयाँ खेलाडी मिरालेम पियानिकलाई ८ नम्बरको जर्सी दिइएको छ । बोस्नियन मिडफिल्डरलाई बार्सिलोनाले ८ नम्बरको जर्सी दिएको हो ।

यसै समर ट्रान्सफरमा इटालियन क्लब युभेन्टसबाट क्याप नोउ आएका उनलाई बार्सिलोनाले मंगलबार सार्वजनिक गरेको छ ।

६० मिलियन युरोमा भित्रिएका उनले बार्सिलोनासँग जुन २०२४ सम्मको सम्झौता गरेका छन् ।

३० वर्षीय पियानिकले टुरिनबाट ४ वर्ष खेलेका थिए । सन् २०१६ मा उनी रोमाबाट युभेन्टसमा अनुबन्ध भएका थिए ।

Loading...