धरानमा थप एक संक्रमितको मृत्यु

विराटनगर, ३० भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार धरान उपमहानगरपालिका– १७ का ७० वर्षीया वृद्धको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । योसँगै धरानमा कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ ।

Loading...