नाका सिल गर्दा पनि रोकिएन हरियो मटर तस्करी

विराटनगर, ३० भदौ । कोभिड १९ को महामारीको समयमा नेपाल–भारत सीमाना बन्द भए पनि हरियो मटरको तस्करी भने रोकिएको छैन ।

बैध बाटोबाट नेपाल आएको हरियो मटर अबैध बाटोबाट भारत जाने गरेको हो । कोभिड १९ को कारण नेपाल–भारत सीमानामा अवात–जावत पूर्णरूपमा बन्द भएपनि मटर तस्करी भने रोकिएको छैन ।

नेपाल प्रहरीले पटकपटक बरामद गरेको हरियो मटरले यो पुष्टि गर्छ । मोरङ प्रहरीले सोमबार विराटनगर–१८ तरेगामाबाट भारत साइकलमा लाँदै गरेको अवस्थामा ७ बोरा हरियो मटर नियन्त्रणमा लियो ।

मोरङ प्रहरीका अनुसार प्रहरीले २५ किलो दरका ७ बोरा बरामत हरियो मटर गरेको हो । बरामद मटर अन्दाजी १५ सय मूल्य बराबारको हरको प्रहरीले जनाएको छ ।

तस्करहरूले प्रहरीको गस्तीटोली देखेपछि हरियो मटर र साइकल छाडेर भागेको मोरङ प्रहरीले जनाएको छ । फरार व्यक्तिको खोजी गरिरहेको प्रहरीले मटर भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने जनाएको छ ।

Loading...