यातायात व्यवसायीसँग मुख्यमन्त्री राईको भर्चुअल छलफल

विराटनगर, ३० भदौ । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने विषयमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरोकारवालाहरूसँग छलफल गरेका छन् ।

असोज ५ बाट सार्वजनिक यातायात सञ्चालन हुने भएपछि यातायात व्यवसायीसँग मुख्यमन्त्री राईले भर्चुअल छलफल गरेका हुन् । आसोज ५ अगाडि नै व्यवसायीलाई स्वास्थ्य सजगता अपनाउँदै आफ्ना कर्मचारीहरूको विवरण तयार गर्न उनले आग्रह गरे ।

यातायात व्यवसायीको साझा समस्याहरूलाई सरकारले सम्बोधन गर्दै जाने आस्वासन उनले दिए । छलफमा मुख्यमन्त्री राईले स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन यातायात व्यवासीहरूलाई आग्रह गरेका थिए ।

उनले माक्स, स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका साधन प्रयोग गर्न भुल्न नहुने बताए । यात्रुहरूको विशेष ध्यान दिन पनि उनले व्यवसायीलाई आग्रह गरेका छन् । लामो दूरीका यात्रुहरूको विवरण राख्नु पर्नेमा मुख्यमन्त्री राईको जोड थियो ।

छलफलमा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई स्वागत गरेका थिए । उनीहरूले स्वास्थ्य सजगता अपनाउँदै यातायातका साधनहरू सञ्चालन गर्नै प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा यातायात व्यवसायीहरूका साथै यातायात क्षेत्रका मजदूर संगठनका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

Loading...