प्रदेश १ मन्त्रिपरिषद बैठकबाट दुई प्रस्ताव स्वीकृत

विराटनगर, ३० भदौ । प्रदेश १ मन्त्रिपरिषद्को बैठकले दुईवटा प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार बसेको बैठकले उक्त दुई निर्णय गरेको हो । बैठकले प्रदेश सुसाशन, व्यवस्थापन तथा सञ्चालन नियमावलीलाई स्विीकृति प्रदान गरेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुुमार कार्कीले जानकारी दिए ।

प्रदेश सुसाशन, व्यवस्थापन तथा सञ्चालन ऐन अघिल्लो वर्ष आएको थियो । त्यसैगरी मुख्यमन्त्री अत्यावश्यक सञ्चालन केन्द्र सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधिलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

विपद व्यवस्थापन ऐनको मातहतमा रहेर कार्यविधि ल्याइएको सरकारको प्रवक्तासमेत रहेका कार्कीले जानकारी दिए ।

Loading...