आज काठमाडौं उपत्यकामा ६७६ संक्रमित थपिए

काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा मंगलबार थप ६७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ५५५ जना, ललितपुरका ३५ जना र भक्तपुरका ८६ जना रहेका छन् ।

Loading...