आज थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

विराटनगर, ३० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टायता थप १४ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५६ हजार ७ ८८ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

Loading...