विराटनगर, ३० भदौ । नेपालमा पछिल्लो २४ घण्टायता थप १४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३७५ जनाको परीक्षणमा थप १४ सण ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
यससँगै संक्रमितको संख्या ५६ हजार ७ ८८ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
मंगलबार थप ११ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३७१ पुगेकाे छ ।