कोरोनामुक्त हुनेकाे संख्या ४० हजार नाघ्यो

विराटनगर, ३० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेकाे संख्या ४० हजार नाघेकाे छ ।

मंगलबार थप १ हजार ६२ जना निकाे भएसँगै कोरोनामुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कुल संक्रमितमध्ये ७१.५ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टायता थप १४ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५६ हजार ७ ८८ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

मंगलबार थप ११ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ३७१ पुगेकाे छ ।

Loading...