झुम्का कारागारका १२ कैदीबन्दीसहित सुनसरीमा थपिए ३२ संक्रमित

इटहरी, ३० भदौ । सुनसरीमा मंगलबार थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज धरानमा ७ जना, दुहबीमा ९ जना, इटहरीमा ३ जना, इनरुवामा १ जना र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

केही दिनअघि उपचारको क्रममा कोरोना संक्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको सम्पर्कमा रहेकाहरू कनट्याक्ट ट्रेसिङको क्रममा थप १२ जना कैदीमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

योसँगै सुनसरीमा कोरोना संक्रमितको संख्या १२ सय ५५ पुगेको छ । अहिलेसम्म सुनसरीमा ५९१ जना डिस्चार्ज भए भने ७ जनाको मृत्यु भएको छ । सुनसरीमा ६५७ जना सक्रिय संक्रमित रहेका छन् ।

Loading...