‘पठान’ मा शाहरुख र जोन अनुबन्धित

विराटनगर, ३० भदौ । अभिनेता शाहरुख खान र जोन अब्राहम पहिलो पटक एकसाथ ठूलो पर्दामा देखिने भएका छन् ।

यशराज फिल्मस्को ब्यानरमा निर्माण हुने एक्सन फिल्म ‘पठान’ मा यी दुई अभिनेतालाई अनुबन्धित गरिएको छ ।

यो फिल्मको घोषणा यशराज फिल्म्सको ५०औं एनिभर्सरीमा गरिने भएको छ । सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरुखले हिरो र जोनले भिलेनको भूमिका निर्वाह गर्ने बताइएको छ ।

यशराज फिल्म्स अहिले फिल्मको प्रि-प्रोडक्सनको काममा व्यस्त छ । शाहरुख खानले सन् २०२१ को जनवरीबाट फिल्मको छायांकन सुरु गर्नेछन् ।

त्यस्तै, जोनले पहिला आफ्नो ‘सत्यमेव जयते २’ को छायांकन पूरा गरेपछि मार्चबाट ‘पठान’ का लागि समय निकाल्ने भएका छन् ।

केही दिनयता ‘पठान’ मा शाहरुख खान र दीपिका पादुकोणले फेरि एकसाथ काम गर्न लागेको चर्चा चलेको छ । तर, शाहरुख र दीपिका ‘पठान’मा नभएर तमिल निर्देशक एटली कुमारको नयाँ फिल्म’सनकी’मा देखिने भएका हुन् ।

शाहरुख फिल्म ‘जिरो’को असफलता कारण लामो समयपछि पर्दामा फर्किँदैछन् । 

Loading...